पत्रकारप्रति आक्रोश पोख्दै सकियो प्रदेश १ को दोश्रो अधिबेशन

प्रदेश नं १ प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिए ।


समापन बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शेरधर राईले प्रदेश नं १ मा उन्नत राजनीतिक समझदारी र सुझबुझ रहेको तथा प्रदेशसभा सदस्यमा उत्तरदायी र दायित्व बढेको स्पष्ट पारे ।  उनले प्रदेश संरचनामा अनुभव र अभ्यास पहिलो भए पनि प्रदेशसभाले उल्लेखनीय काम गरेको जिकिर गर्दै सङ्घीय सरकारले आवश्यक कानून निर्माण नगर्दा प्रदेश सरकारलाई हस्तान्तरण हुने संरचना र कर्मचारीको अभावमा प्रदेश सरकारले सार्वजनिक गरेको बजेट प्रभावित भइरहेको गुनासो गरे ।


उनले प्रदेशको राजधानी र नामकरणका विषयमा विभिन्न सञ्चारमाध्यममा सत्यतथ्यको आधारमा समाचार नआएको टिप्पणी गरे । प्रदेशको नाम र राजधानीको विषय हल्का रुपमा सतहमा ल्याएर आफ्नो मर्यादाभन्दा तल झरेको भन्दै पत्रकारप्रति आक्रोश पोखे । प्रदेशसभाको तेस्रो अधिवेशनको शुरूमै राजधानी र नामकरण टुङ्गो लगाइने राइले बताए ।


प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको अन्य प्रदेशभन्दा १ प्रदेशमा निकै काम भएको र राजनीतिक समझदारी पनि रहेको विचार राखे । सङ्घीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य जयराज यादवले राजधानी र नामकरणको विषय सबैको सहमति र समझदारीमा घोषणा गर्न सुझाव दिए । प्रदेशसभा सदस्य इन्दिरा राईले प्रदेशलाई अब्बल बनाउन सबैको साथ सहयोगको आवश्यकता रहेको औलाउनुभएको छ ।
 

प्रतिकृया दिनुहोस

पत्रकारप्रति आक्रोश पोख्दै सकियो प्रदेश १ को दोश्रो अधिबेशन

झापाली युवक सुमित पाठकलाई पूर्व क्षेत्रका हजारौँ युवा लागी परेका छन् । नेपाल आइडलको शुक्रवारको एपिसोडबाट सर्वाधीक भोट पाएर टप ४ मा पुगेका सुमित

पत्रकारप्रति आक्रोश पोख्दै सकियो प्रदेश १ को दोश्रो अधिबेशन

नेपाल आइडलको टप ४ मा पुग्न सफल झापाकी अस्मिता अधिकारीलाई भब्य स्बागत गरीएको छ । चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता

पत्रकारप्रति आक्रोश पोख्दै सकियो प्रदेश १ को दोश्रो अधिबेशन

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी