खेलकुद

दोश्रो अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा जिएचपी र विद्यासदन विजयी

वीरगन्जमा शुक्रबारदेखि शुरु भएको दोश्रो अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा जिएचपी मावि र विद्या सदन माविले विजयी शुरुवात गरेका छन् । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शुक्रबारदेखी सुरु भएको छात्रतर्फको उद्घाटन खेलमा ज्ञान निकेतन माविलाइ ४६ अंकले पराजित गर्दै जिएचपी माविले प्रतियोगितामा विजयी शुरुवात गरेको हो । निर्धा्रित २० मिनेटको खेलमा जिएचपी माविले ६३ र ज्ञान निकेतन माविले १७ अंक प्राप्त गरेको थियो । उद्घाटन खेलको म्यान अफ दी म्याच जिएचपी माविका सविन यादव घोषित भए ।

<