खेलकुद

नेपाल स्याटलाइट टेलिकमद्वार भलिबल संघलाई ४० लाख प्रायोजन

नेपाल भलिबल संघलाई दुई वर्षका लागि ४० लाख रुपैया स्याटलाइट टेलिकम प्रालिले दिने भएको छ ।  महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप संचालन गर्न दुई वर्षका लागि टेलिकमले प्रायोजन सम्झौता गरेको हो ।  संघलाई प्रत्येक वर्ष २० लाख उपलब्ध गराउँदै लगिने सम्झौता भएको संघले जनाएको  छ । 
उक्र सम्झौता पत्रमा स्याटलाइट टेलिकम प्रालिकी अध्यक्ष अस्मिता सुमार्गी र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले हस्ताक्षर गरे।  सम्झौता अनुसार  संघले सञ्चालन गर्ने भलिबल च्याम्पियनसिपमा नेपाल स्याटलाइट टेलिकम प्रालि मुख्य प्रायोजक रहने जनाएको छ । 
खेल क्षेत्रमा सहयोग गर्न पाउँदा गौरवान्वित भएको नेपाल स्याटलाइट प्रालिकी अध्यक्ष अस्मिता सुमार्गीले  बताउनु भएको छ  ।  ‘  नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले नेपाल स्याटलाइट टेलिकम प्रालिले नेपालको इतिहासमै पहिलो पटक यति ठूलो प्रायोजन रकम सहयोग गरेको भन्दै धन्यवाद दिनु भएको छ 
 

<