सुनसरीको रामधुनीमा उद्यमशिलता विकाश तालिम सम्पन्न

सुनसरीको रामधुनी नगरपालिकामा सञ्चालन भएको आठ दिने उद्यमशिलता विकाश तालिम सम्पन्न  भएको छ ।
स्वीसकन्ट्याक्ट नेपाल र एक्टिभ नेपालको साझेदारीमा युवा रोजगार परियोजना अन्तर्गत सुरु भएको उद्यमशिलता विकाश तालिम मंगलबार सम्पन्न भएको हो  ।
तालिममा व्यतिmगत उद्यमशिल सक्षमता पहिचान, उद्यम र उद्यमशिलताको अवधारणा, व्यवसाय सेवा व्यवसायको अवधारणा, व्यवसाय दर्ता तथा कानुनी पक्षहरु, आत्मविश्लेषण, जोखिम लिने क्षमताको पहिचान, बजार र बजारीकरणको अवधारणा, व्यावसायिक प्रतिस्पर्धा र समन्वय, विक्री कलाको विकास, व्यावसायिक योजनाको परिचय, व्यावसायिक योजनाको निर्माण अभ्यास, व्यावसायिक योजना निर्माण प्रस्तुतीकरण, व्यवसायको हिसाब किताब राख्ने तरिका, बाह्य जोखिम,कर्जा तथा विप्रेषण, व्यवसाय स्थापना र बिकासमा सहयोग गर्ने निकायहरु र कार्य योजना मुल्याङ्कनको विषयमा एक्टिभ नेपाल मोरङ्ग सुनसरीका कोअडिनेटर भनिरुद चौधरी र रविन्द्र उराँवले तालिम दिएका थिए ।
तालिम समापन कार्यक्रममा बोल्दै एक्टिभ नेपालका प्रशिक्षक रविन्द्र उराँवले अव तालिम लिएका युवाहरुलाई एक वर्ष सम्म आफु लागिपरेर व्यवसाय गर्न मद्दत गर्ने बताए । तालिमा सहभागि युवाहरुले यो तालिमले आफुहरुमा व्यवसाय गर्न थप सहयोग र हौसला मिलेको बताए । तालिमा १९ जना युवाहरुले सहभागिता जनाएका थिए ।
 

प्रतिकृया दिनुहोस

सुनसरीको रामधुनीमा उद्यमशिलता विकाश तालिम सम्पन्न

अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गरि ‘जोर्नी टु अष्ट्रेलिया’ नामको मोबाईल एप्स सार्बजनिक गरिएको छ । यसबाट नेपाली विद्यार्थीलाई

सुनसरीको रामधुनीमा उद्यमशिलता विकाश तालिम सम्पन्न

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७.३ किमि बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुनसके

सुनसरीको रामधुनीमा उद्यमशिलता विकाश तालिम सम्पन्न

सप्तरीको खडक नगरपालिकामा लाखौंको धनमाल डकैती भएको  छ । खडक नगरपालिका वडा नम्बर(७, कल्याणपुर बस्ने सुरतलाल साहको घरमा गएराति करिब २ बजेको समयमा ५–६