पाकिस्तानमा साउदी अरेबियाले लगानी गर्ने

पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ । 
स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले दुबै देशबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बाटो खुलेको पाकिस्तानका पेट्रोलियम मन्त्री गुलाम सरवार खानले बताए । यद्यपी, रिफाइनरी निर्माणमा हुने लगानी रकमबारे केही खुलाइएको छैन । 
मन्त्री खानले साउदी अरेबियाबाट पाकिस्तानमा हुने लगानीप्रति कुनै आपत्ति नरहेको पनि बताउनुभयो । पाकिस्तानमा इमरान खानको नेतृत्वको सरकार गठन भएयता यो सबैभन्दा ठूलो वैदेशिक लगानी हो । मन्त्री खानले ग्वदरमा रिफाइनरी निर्माण गर्ने सम्बन्धमा साउदी अरेबियाको उच्च प्रतिनिधिमण्डलले हालै स्थलगत अवलोकन समेत गरिसकेको जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस

पाकिस्तानमा साउदी अरेबियाले लगानी गर्ने

अमेरिकाले चीनमाथि सैन्य प्रतिबन्ध लगाएको छ । चीनले रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएको हो ।  चीनले भने

पाकिस्तानमा साउदी अरेबियाले लगानी गर्ने

फिलिपिन्समा शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा साउदी अरेबियाले लगानी गर्ने

अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा ५ जनाको मृत्यु भएको छ । आँधीका कारण त्यहाँका ६ लाख घरमा