ज्ञापनपत्र लिनै ब्यस्त प्रदेश नं १ सरकार : राजधानीचै कहाँ ?

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश नं १ को स्थायी राजधानी र नाम सहमतिमा छिट्टै कायम हुने बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिँंदै मन्त्री कार्कीले स्थाइ राजधानी छीट्टै टुङगीने बताउनुभयो ।
त्यस्तै प्रदेशको स्थायी राजधानी विराटनगरलाई बनाउन माग गर्दै विराटनगरमा क्रियाशिल बिभिन्न ६३ वटा संघ संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । पर्याप्त पूर्वाधार र सामथ्र्यका आधारमा एक नम्बर प्रदेशको राजधानी विराटनगर बाहेक अन्यत्र हुन नसक्ने दाबी सहित राजधानी बिराटनगर नै हुनु पर्ने माग राखेका हुन् । उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघको अगुवाईमा नेपाल पत्रकार महासंघ मोरङ, प्याब्सन लगायतका विभिन्न संघ संस्थाले राजधानी हुने आधार सहितको ज्ञापनपत्र बुझाएका हुन् । 
त्यस्तै इटहरीमा पनि प्रदेश एकको नामाकरणको विषयमा वृहत कार्यक्रम आयोजना हुने भएको छ । नागरिक समाज इटहरीले असोज २० गते गर्न लागेको उक्त कार्यक्रमले प्रदेशको नामाकरणका लागि सहयोग गर्ने विश्वास गरिएको छ ।उक्त कार्यक्रमबाट अवधारणपत्र र प्रतिक्रियाहरुको संगालो तयार गरि नागरिक समाज  इटहरीको तर्फबाट प्रदेश एक सरकारलाई बुझाउने नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाईलीले बताए ।
उता धरानलाई प्रदेश १ को राजधानी बनाउनुपर्ने धरानका राजनीतिक दलहरुले माग गरेका छन् । धरान ऐतिहासिक नगर भएको उल्लेख गर्दै राजनीतिक दलहरुले बुधबार विज्ञप्ती जारी गर्दै धरान राजधानीका लागि उपयुक्त रहेको बताइएको छ ।
प्रदेश १ को प्रमुख प्रतिपक्ष दलले स्थायी राजधानी र नामाकरणबारे टुंगो लगाउन संसदीय दलको बैठक सुरु गरेको छ । विराटनगर ४ एयरपोर्ट मोड स्थित परपलहेज रेष्टुरेन्टमा बिहीबार संसदीय दलको बैठक सुरु भएको हो । बैठकमा सुनसरी र अन्य जिल्लाका सासदहरुले भने राजधानी अन्यत्रै बनाउनुपर्ने वा बिकेन्द्रित गर्नुपर्ने माग राखेका छन् ।कांग्रेसका प्रभावशाली केन्द्रिय नेता शेखर कोइराला, डा मिनेन्द्र रिजाल, अमृत अर्याल लगायतले विराटनगरलाईनै राजधानी बनाउनुपर्ने अडान लिएका छन् ।

प्रतिकृया दिनुहोस

ज्ञापनपत्र लिनै ब्यस्त प्रदेश नं १ सरकार : राजधानीचै कहाँ ?

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७.३ किमि बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुनसके

ज्ञापनपत्र लिनै ब्यस्त प्रदेश नं १ सरकार : राजधानीचै कहाँ ?

सप्तरीको खडक नगरपालिकामा लाखौंको धनमाल डकैती भएको  छ । खडक नगरपालिका वडा नम्बर(७, कल्याणपुर बस्ने सुरतलाल साहको घरमा गएराति करिब २ बजेको समयमा ५–६

ज्ञापनपत्र लिनै ब्यस्त प्रदेश नं १ सरकार : राजधानीचै कहाँ ?

प्रदेश नम्बर १ का मुुख्यमन्त्री शेरधन राईले विकासे अड्डाको कमिसनमोह भङ्ग हुने बताएका छन् । इटहरीमा रहेको प्रदेश नम्बर १ को यातायात निर्देशनालय