Slider

डाला थपेको ट्रिपरहरु नियम विपरित निर्वाध रुपमा सञ्चालन,

 

पुर्वी नेपालका सडकहरुमा सवारी नियम विपरित तोकिएको मापदण्ढ भन्दा बढी मालसामान बोकेर ट्रिपरहरु निर्वाध रुपमा सञ्चालन भैरहेका छन ।

पुर्वका अधिकाँश जिल्लाहरुमा मालसामान बोक्ने यस्ता ट्रिपरहरु नियम पालना गराउने निकायको आँखा अगाडिबाटै गुडि रहन्छन । क्षमता भन्दा बढी मालसामान बोक्नका लागि पुर्वमा सञ्चालन भैरहेका ट्रिपरहरुले डाला थपेको देखिन्छ । पुर्वको केन्द्रको रुपमा विकसीत वन्दै आएको इटहरी तथा आसपासका क्षेत्रका ट्रिपर व्यवसायीहरुले समेत तोकिएको मापदण्ढ भन्दा बढी मालसामान ओसार पसारका लागि डाला थपेको पाइन्छ । सडक नियम पालना गराउने सरकारी निकाय ट्राफिक प्रहरीको पुर्वाञ्चल क्षेत्रीय कार्यालय पनि इटहरीमै रहेको छ । पुर्व पश्चिम राजमार्गसंगै जोडिएको पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीकै गेट अगाडिबाट यस्ता डाला थपिएका ट्रिपरहरु निर्वाध रुपमा गुडिरहेका देखिन्छ । ठाउँ ठाउँमा पनि ट्राफिक प्रहरीहरु नियमित रुपमा तथा आकास्मीक सवारी चेकींगका लागि बसिरहेका देखिन्छन तर उनीहरुको आँखै अगाडिबाट नियम विपरित डाला थपेका ट्रिपरहरु गुडिरहेका देखिन्छ । मालवाहक ट्रिपरका विषयमा यातायात व्यवस्था विभागले ६ चक्के ट्रिपरका लागि ७ दशमलभ ५० क्युविक मिटर ,दश चक्केका लागि १२ क्युविक मिटर सम्म मात्र बोक्ने पाउने ट्राफिक निर्देशनालयलाई २०७२ जेष्ठ २७ गते नै पत्राचार गरी सकेको थियो । ट्रिपरहरुले मालसामान बोक्ने क्रममा आफु खुसी डाला थपेर सञ्चालन गरेको  तर्फ मध्यनजर गर्दै विभागले पठाएको परिपत्रमा नियमानुसार नगर्नेहरुलाई कारवाही गर्ने समेत निर्देशन दिएको छ । त्यसैलाई आधारमानी यातायात व्यवस्था कार्यालय कोशीले पनि २०७३भाद्र १गते पुर्व क्षेत्रीय ट्राफिक कार्यालय इटहरीलाई पत्रचार गरेको छ । तर पनि यस आसपासका क्षेत्रमा सञ्चालन हुने ट्रिपरहरु अहिले पनि डाला थपेर क्षमता भन्दा बढी  मालसामान बोकीरहेको देख्दा ट्राफिक प्रहरीसंगैको सेटिगंमा सञ्चालन हुन्छन भन्दा फरक नपर्ला । होइन भने आफनै आँखा अगाडिबाट दैनिक कुद्ने ट्रिपर किन कारवाहीका दायरामा ल्याइदैन ? पुर्वी नेपालमा चल्ने यस्ता ट्रिपरहरुका कारण दुर्घटनाहरु समेत बढी रहेका छन । क्षमता भन्दा बढी मालसामान बोकेर तिव्रगतिमा चल्ने ट्पिर चाहेकै ठाउँमा चालकले रोक्न नसक्ने भएका कारण पनि दुर्घटना बढाउने गरेका छन । यस विषयमा पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख सौरभ राणाका अनुसार  नियम विपरित डाला थपेर सञ्चालन गरिएको  ट्रिपर भेटेमा प्रत्येक पटक पन्ध्र सय जरिवाना गर्ने बताए । यातायात व्यवस्था कार्यालय इटहरीका इञ्जीनियर बावुकाजी श्रेष्ठले डाला थपेर तोकीएको मापदण्ढ भन्दा बढी मालसामन बोक्नु गैर कानुनी भएको त्यस विषयमा विभागवाट परिपत्र भैसकेको र आफुहरुले पनि पुर्व क्षेत्रीय ट्राफिक कार्यालयलाई पत्रचार गरी सकेको जानकारी गराए । विभागले पठाएको परिपत्रमा ओभर लोड बोक्नेहरुलाई नियन्त्रणमा लिएर खाली गर्न लगाई कारवाही गर्नु पर्ने उल्लेख भएको छ , तर पनि ट्राफिक प्रहरीले  त्यसो गरीरहेको देखिदैन 

<