निर्मला हत्या प्रकरणलाई अनावश्यक राजनीतिकरण गरियोः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरेको भए पनि घटनालाई राजनीतिकरण गरेर अफवाह फैलाइएको बताए ।
९५ प्रतिशत हिंसाका घटनामा संलग्न अपाराधीहरु कानुनी कठघरामा आएको भन्दै उनले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारवाही भएरै छाड्ने दावी गरे । घटनालगत्तै उच्चस्तरीय छानविन समिति गठन गरेर घटनाको अनुसन्धान भएको भन्दै गृहमन्त्री थापाले समितिको प्रतिवेदनको निष्कर्षलाई आधार मानेर झन् गहिराइका साथ अनुसन्धान गरिरहेको बताए । छानविन समितिको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने गृहमन्त्री थापाको भनाइ छ ।
घरेलु हिंसा बढ्नुको प्रमुख कारण मदिरा, लागुपदार्थलगायत भएको भन्दै उनले मदिराको नियमन र नियन्त्रण गरिने बताए । उनले मदिरा सेवन र बिक्रीवितरणलाई कडा बनाइने जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

निर्मला हत्या प्रकरणलाई अनावश्यक राजनीतिकरण गरियोः गृहमन्त्री

खेमराज सापकोटा ,  खोटाङको जनतेढुङ्गा गाँउपालीकाको चिसापानी बजारमा जननायक बिपि कोइरालाको शालीक अनावरण गरीएको छ । नेपाली कांग्रेसका केन्द्रीय

निर्मला हत्या प्रकरणलाई अनावश्यक राजनीतिकरण गरियोः गृहमन्त्री

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले मुलुक दुर्घट्नाको संघारमा पुगेको बताएका छन् । कोईरालाले

निर्मला हत्या प्रकरणलाई अनावश्यक राजनीतिकरण गरियोः गृहमन्त्री

नेपाली कांग्रेसले सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गरेको छ । कांग्रेस विधान मस्यौदा समितिले पार्टी पदाधिकारीसहित केन्द्रीय समितिको