अमेरिका र उत्तर कोरियाको सम्बन्धमा बिग्रने संकेत

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अमेरिकाले हस्तक्षेपको योजना बनाइरहेको आरोप लगाएको छ । अमेरिकाले हसिलो अनुहार लिएर वार्तामा बस्ने तर आपराधिक षड्यन्त्रको तानाबाना बुनेर आक्रमण गर्ने गरेको पत्रिकाले आरोप लगाएको छ ।
यदि अमेरिकाले यस्तो गरे त्यो उसको गम्भीर भुल हुने चेतावनी दिइएको छ । आइतवार मात्र दक्षिण कोरियाको रेडियोले प्योङयाङमाथिको हस्तक्षेपको उद्देश्यका साथ अमेरिकी सेनाले जापानसँग मिलेर सैन्य अभ्यास गरिरहेको प्रसारण गरेको थियो ।
यस्तै हस्तेक्षप गर्ने योजना नै हिस्सा अन्तर्गत अमेरिकी विशेष युनिट फिलिपिन्स तर्फ लागेको पनि दक्षिण कोरियाको रिपोर्टलाई आधार मानी सामग्री प्रसारण गरिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विदेशमन्त्री माइक पोम्पिायोको प्योङयाङ भ्रमण रद्द गरेको भोलिपल्टै उत्तर कोरियाका तर्फबाट कडा टिप्पणी आएको हो ।
उत्तर कोरियाले सिंगापुर सहमति अनुसार परमाणु निशस्त्रीकरणमा पर्याप्त काम नगरेको भन्दै उक्त भ्रमण रद्द गरिएको थियो । गत जुनमा उत्तर कोरियाली नेता किम जोङ उनसँग भएको सिंगापुर शिखर वार्तापछि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट कुनै पनि परमाणु जोखिम नभएको बताएका थिए ।
 

प्रतिकृया दिनुहोस

अमेरिका र उत्तर कोरियाको सम्बन्धमा बिग्रने संकेत

प्रकृतिपुजक किरातीहरुको महान् चाड रापवा स्यादर पिदार, चासोक तङ्नाम, उधौली नजिकिदै आएको छ । देश, विदेशमा रहेका किरातीहरुले आफ्नो भाषा, संस्कार,

अमेरिका र उत्तर कोरियाको सम्बन्धमा बिग्रने संकेत

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन कुवेतको फर्वा्नियास्थित आइडियल अडिटोरियम हलमा शुक्रवार सम्पन्न भएको छ । अधिवेसनवाट अमृत तामाङको

अमेरिका र उत्तर कोरियाको सम्बन्धमा बिग्रने संकेत

अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा