स्थानीय समाचार

नेपाल कम्न्यूष्टि पार्टिले आगामि स्थानिय तहको  निर्वाचन खारेजीको माग

इटहरी चैत्र १५ गते । नेत्र विक्रम चन्द्र विप्लप नेतृत्वको नेपाल कम्न्यूष्टि पार्टिले आगामि स्थानिय तहको  निर्वाचन खारेजीको माग गरेको छ । पार्टिको मेची, कोशी र  सरगमाथा व्यूरो स्तरीय कार्यकर्ता प्रशिक्षण कार्याक्रममा नेताहरुले यस्तो माग गरेका हुन ।
 सुनसरीको धरान स्थित लाङघाली सामुदायीक बनमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रिय नेताहरुले स्थानिय तहको निर्वाचन  तत्काल खारेज  गर्न माग गरेका हुन । आन्दोलनरत रहेको नेपाल कम्न्यूष्टि पार्टिले स्थानिय तहको निर्वाचन विथोल्ने रणनिति बनाउन कार्यकर्तालाई प्रशिक्षण दिइको बुभिएको छ ।
प्रशिक्षण कार्यक्रमलाई पार्टिका महासचिव नेत्रविक्रम चन्द विप्लप, प्रभावशाली नेता तथा पार्टि प्रवक्ता खड्ग विश्वकर्मा, धमेन्द्र बाँस्तोला, असारे काका लगायतका केन्द्रिय नेताहरुले प्रशिक्षण दिने बताएको छ ।
गोप्य भनिएको प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रवेश दिइएको छैन । त्यहाँ पुगेका सञ्चारकर्मीलाई कार्यक्रम स्थललै बाहिरै संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता खड्ग विश्वकर्माले निर्वाचन खारेजी गर्नुपर्ने बताए । सरकारले निर्वाचन गराउन खोजे त्यसका विरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
आठौँ महाधिवसेनले पारित गरेका विचार र पछिल्लो समय केन्द्रिय समितीले तयार गरेको नीति,कार्यक्रम र योजनाहरुलाई तल्लो तहका कार्यकर्ताहरुलाई जानकारी गराउँदै कार्यान्वयन गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।
प्रशिक्षण कार्यक्रममा पूर्वका ३ अञ्चलका २ सय ५० बढि कार्यकर्ताको  सहभागिता रहेको बताइएको छ । कार्यक्रम स्थललाई पार्टिले उच्च सुरक्षा दिएको छ ।

<