प्रदेश नं १ बाट ३६ जना तेक्वान्दो खेलाडीहरु

प्रदेस नम्वर १ का तेक्वान्दो खेलाडिहरु छनोट गर्ने उदेश्यले सुनसरीको इटहरीमा भएको छनोट प्रतियोगिताबाट ३६ जना खेलाडीहरु छनोट भएका छन । इटहरी रंगशालाको तेक्वान्दो प्रशिक्षण एकेडेमीमा गराइएको छनोट अन्तरगत भएको प्रतिस्पर्धाबाट ३६ जना खेलाडीहरु छनोट भएका हुन । 
प्रतियोगितामा प्रदेस नम्वर १का विभिन्न जिल्लाका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । छनोट प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उदघाटन गरेका थिए । 
सो अवसरमा नेपालको लोकप्रिय खेल तेक्वान्दोले अन्तराष्ट्रिय  खेलमा समेत पदक दिलाउदै आएको स्मरण गर्दै सदस्य सचिव विष्टले प्रदेस नम्वर १बाट समेत राष्ट्रिय खेलाडि छनोट हुने विश्वास व्यक्त गरे । प्रदेस नम्वर १ तेक्वान्दो संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुको खेलकुशलता देख्दा राष्ट्रिय स्तरको छनोटमा समेत स्थान पाउने आफुहरुले विश्वास लिएको संघको प्रदेस नम्वर १का अध्यक्ष शैलेश विष्टले वताए ।
 

प्रतिकृया दिनुहोस

प्रदेश नं १ बाट ३६ जना तेक्वान्दो खेलाडीहरु

खेमराज सापकोटा  इटहरी । पूर्वी पृतना हे.क्वा.को जंगी अड्डाले आयोजना गरेको प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’

प्रदेश नं १ बाट ३६ जना तेक्वान्दो खेलाडीहरु

पूर्वी पृतना हे.क्वा.ले आजबाट प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ कार्यक्रम सुरु  गरेको छ । २ दिन सम्म चल्ने कार्यक्रको

प्रदेश नं १ बाट ३६ जना तेक्वान्दो खेलाडीहरु

सुनसरीको इटहरीमा रहेको पुर्वि पृतना हेडक्वाटरमा प्रथम पृतनापति ‘फन एण्ड सोडिलारीटी, पिपुल व्यीथ द मिलीटिरी’ कार्यक्रम संचालन हुने भएको छ । आगामि