चीनमाथि अमेरिकाले प्रतिबन्ध लगायो

अमेरिकाले चीनमाथि सैन्य प्रतिबन्ध लगाएको छ । चीनले रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएको हो । 
चीनले भने अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा चीन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको जनाएका छन् ।
अमेरिकाले भने युक्रेन तथा अमेरिकी राजनीतिमा हस्तक्षेपकारी नीति अबलम्बन गरेपछि रुसविरुद्ध लगाइएको प्रतिबन्धको चीनले उल्लंघन गरेकाले पछिल्लो कदमा चाल्नुपरेको जनाएको छ । चीनले हालै रुसबाट १० वटा ‘सुखोई सु–३५’ लडाकू विमान र ‘एस–४००’ क्षेप्यास्त्र खरिद गरेको थियो ।
अमेरिकी प्रतिबन्ध चीनभन्दा पनि रुसविरुद्ध लक्षित भएको देखिएको छ । अधिकारीहरुले वासिंटनको निर्णय रुसविरुद्ध भएको जनाउँदै आफ्नो नियत कुनै पनि देशलाई कमजोर आँक्नु नरहेको जनाएका छन् । 
यसैबीच रुसले अमेरिकी सैनिक प्रतिबन्ध विश्वको स्थायित्वका लागि खतरा रहेको जनाएको छ । रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभले अमेरिकी कदम ‘अस्वस्थ प्रतिस्पर्धाको अर्को काम’ भएको बताए । उनले विज्ञप्ति जारी गर्दै ‘अमेरिकाले आगोसँग खेल्न चाहेको’ प्रतिक्रिया दिए । आगोसँग खेल्न खोज्नु मुर्खता भएको र यसको परिणाम निकै भयानक हुन सक्ने चेतावनी उनले दिए ।
 

प्रतिकृया दिनुहोस

चीनमाथि अमेरिकाले प्रतिबन्ध लगायो

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन कुवेतको फर्वा्नियास्थित आइडियल अडिटोरियम हलमा शुक्रवार सम्पन्न भएको छ । अधिवेसनवाट अमृत तामाङको

चीनमाथि अमेरिकाले प्रतिबन्ध लगायो

अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा

चीनमाथि अमेरिकाले प्रतिबन्ध लगायो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्वीटले भारतको चिन्ता बढाएको छ । ईरानसँग तेल खरिदका लागि अमेरिकाले छुट दिने अपेक्षा गरिरहेको भारतलाई