झापामा पहिलो पटक चार लेनको सडक बन्दै

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर लामो सो सडकलाई कालोपत्र गर्दै स्तरोन्नति गर्ने काम शुरु भएको हो ।
रु २७ करोडको लागतमा उक्त सडकको स्तरोन्नति २०७६ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी आशिष प्रेरा जेभीका सञ्चालक राजकिशोर गुप्ताले ठेक्का लिनुभएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनीयर माधव पौडेलले जानकारी दिनुभयो । अस्तव्यस्त हुँदै गएको विर्तामोडदेखि सदरमुकाम भद्रपुर जोड्ने मुख्य मार्गको स्तरोन्नतिको काम शुरु भएसँगै अब विकासका कामले गति लिन थालेको विर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटीले बताउनुभयो ।
विर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत २ दशमलव ८ किलोमिटर सडक चार लेनको बनाइने र बाँकीलाई दुई लेनअन्तर्गत फराकिलो बनाइने इञ्जिनीयर पौडेल बताउनुहुन्छ । ठेकेदार गुप्ताले तोकिएको समयमा काम सम्पन्न गर्ने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

झापामा पहिलो पटक चार लेनको सडक बन्दै

सरकारले दशैं तिहारमा सस्तो सामान बिक्री–वितरण गर्न विभिन्न स्थानमा सुपथ मूल्य पसल चलाउने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार आगामी असोज १२ बाट

झापामा पहिलो पटक चार लेनको सडक बन्दै

पूर्वको व्यापार घाटा साढे २ खर्ब नाघेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७४र७५ मा पूर्वको

झापामा पहिलो पटक चार लेनको सडक बन्दै

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा तीन गुणा बढीको आवेदन परेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री प्रबन्धक