प्रदेश नं १ को संबिधान दिबश कसैलाई हर्षोउल्लास कसैलाइ कालो दिन 

संविधान दिवशको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरेर हर्षउल्लाहसका साथ मनाइएको छ । इटहरीमा बिहान र्या्लि निकालेर संविधान दिवस मनाइएको छ । पञ्चेबाजासहित निस्केको र्या्लिमा इटहरीका जेष्ठ नागरिक, विभिन्न पार्टीका नेता, विद्यार्थीहरुको सहभागी रहेको थियो । र्या्लिलाई सुरक्षा दिनका लागि आर्मी, पुलिसहरु खटिएका थिए  ।
उता संविधान दिवशको अवसरमा धरानमा पनि प्रभात फेरी गरिएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा गरिएको प्रभात फेरीमा विद्यार्थी, संघसंस्थाका प्रतिनिधी, बित्तिय बैंक, सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो । उपमहानगरपालिका परिषर बाट शुरु भएको प्रभात फेरीलाई लोकतान्त्रिक चौतारीमा कार्यवाहक प्रमुख मञ्जु भण्डारीले शुभकामना दिदै समापन गरेकि थिईन् । 
बिराटनगरमा पनि दिबसको अबसरमा एक नम्बर प्रदेशको संस्कृती झल्कने बाजा गाजा तथा झाँकीहरु प्रस्तुत भएका थिए । एक नम्बर प्रदेशको राई, लिुम्बु, बाँतर धिमाल जातिका झाँकी सँगै लाखे , बालन तथा संगिनी नृत्य प्रस्तुत गरिएको थियो ।
संविधान दिवसकौ अवसरमा धनकुटामा विभिन्न कार्यक्रमको आयोजना गरी मंगलवार देखीनै मनाउन थालिएको थियो । सो अवसरमा धनकुटा नगरपालिकाको आयोजनामा वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको छ । धनकुटा बसपार्कमा नवनिर्मित फूलबारी तथा धनकुटा–७ स्थित रमाइलो घुम्तीमा वृक्षारोपण गरिएको थियो । 
सबैले हर्शौल्लासका साथ संबिधान दिबस मनाइरहेको बेला राजपा लगाएत संघीय लोकतान्त्रीक राष्ट्रिय मंञ्च र संघीय लिम्बुवान मंञ्चले भने  संबिधान दिवसलाई कालोे दीनका रुपमा मनाएको छ । इटहरीमै पनि संविधान दिवसलाई कालो दिन भन्दै कालो झण्डा प्रर्दशन गरीएको छ । संघिय लिम्बुवान मञ्च र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चले इटहरी चोकमा कालो झण्डा प्रर्दशन गरेका हुन् । प्रर्दशनमा सहभागीहरुले संविधानको धारा २७४ खारेज गर्न माग गरेका थिए ।
एता प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानले सबै भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्वद्र्र्धन गरेको बताउनुभएको छ । संविधान दिवस २०७५ को अवसरमा प्रदेशस्तरीय संविधान दिवस मूल समारोह समिति, प्रदेश नं १ विराटनगरद्वारा आज शहीद रङ्गशालामा आयोजित भव्य समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले विभिन्न जातजाति र समुदायको विशिष्ट अवस्थालाई ध्यानमा राखी तिनीहरुको हितको प्रवद्र्धन र पैरवीका लागि छुट्टै व्यवस्था संविधानमा भएको जानकारी दिँदै सामाजिक न्याय प्राप्तिका दिशामा संविधानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

प्रदेश नं १ को संबिधान दिबश कसैलाई हर्षोउल्लास कसैलाइ कालो दिन 

सुनसरीको खनारमा आज बिहान आगलागी भएको छ । खनार स्थित लक्ष्मी फर्म एण्ड जुट म्याट प्रालीमा बिहान साडे ७ बजेको समयमा आगो लागेको हो । आगलागी अहिले केही

प्रदेश नं १ को संबिधान दिबश कसैलाई हर्षोउल्लास कसैलाइ कालो दिन 

सुनसरीको कोसी गाउँपालिकामा प्रहरी र हतियार धारी समूहबिच भएको दोहोरो भिडन्तमा १ हतियारधारीको ज्यान गएको छ । कोसी गाउँपालिकाको मसरी टोलमा नियमित

प्रदेश नं १ को संबिधान दिबश कसैलाई हर्षोउल्लास कसैलाइ कालो दिन 

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी