ताजा खबर

स्थानीय समाचार

लागु औषध गाँजा सहित तीन जनालाई  पक्राउ,

इनरुवा । सुनसरीको हरिपुरवाट प्रहरीले  ठुलो परिमाणमा प्रतिवन्धीत  लागु औषध गाँजा सहित तीन जनालाई  पक्राउ गरेको छ । विहानको समयमा कोशी नदी हुँदै हरिपुर ल्याएर भारत तर्फ लैजान लागेको सुराकीका आधारमा प्रहरीले करिव एक सय २५ केजी गाँजा सहित तीनजनालाई पक्राउ गरेको सुनसरीका निमीत्त प्रहरी प्रमुख प्रविण धितालले जानकारी दिए । पाँचबटा पोकामा रहेको सो गाँजा प्रति पोका पच्चिस केजी रहेको अनुमान गरिएको साथै कोशी नदीको प्रयोग गरी गाँजा पहाडि जिल्लावाट सुनसरीमा ल्याइ भारत तर्फ लैजाने गरेको सुचनाका आधारमा प्रहरीले निगरानी बढाएपछि केही समय यता गाँजा बरामद हुने क्रम बढेको समेत धितालले जानकारी दिए ।

<