प्रतिनिधी सभामा गृह मन्त्रीको जवाफ

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त प्रकरणमा सरकार छानविनको अन्तिम अवस्थामा पुगेको बताएका छन् ।
राष्ट्रियसभाको बैठकमा आज सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अपराधी जो सुकै भए पनि उम्कन नपाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
यो प्रकरणको अनुसन्धानमा सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै उहाँले थप उच्चस्तरीय छानबिन समिति र अन्य समितिहरुले अनुसन्धान गरिरहेको  जानकारी दिए । स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाउने राममनोहर यादवको मृत्यु हिरासतमा नभई उपचारको क्रममा भएको गृहमन्त्री थापाले जवाफ दिएका छन् ।
अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  र पोष्टमार्टम प्रतिवेदनमा पनि चोटका कारण मृत्यु नभएको उनले सदनमा जानकारी गराए । रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्याको विषय राजनीतिक नभई लेनदेनको विवादका कारण गृहमन्त्री थापाले बताए । देवबहादुर घर्ती र रोहित मगरबीच विवाद हुँदा गोली प्रहार भएको र उपचारको क्रममा उनको मृत्यु भएको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

प्रतिनिधी सभामा गृह मन्त्रीको जवाफ

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर

प्रतिनिधी सभामा गृह मन्त्रीको जवाफ

संविधान दिवशको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरेर हर्षउल्लाहसका साथ मनाइएको छ । इटहरीमा बिहान र्या्लि निकालेर संविधान दिवस मनाइएको छ ।

प्रतिनिधी सभामा गृह मन्त्रीको जवाफ

मोरङको मिक्लाजुङ गउँपालिकाको मनकामना आधारभुत विद्यालयलाई सिलिङ पंखा र शैक्षिक तथा खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ । गर्मीयामको समयमा