ताजा खबर

Slider

ठेकेदारको लर्पाहीले चन्द्रौटावासी पानी खाना पाएनन.

सनिउल्ला धोबी, कपिलवस्तु चैत्र १३ 
कपिलवस्तुको शिवराज नगरपालीका चन्द्रौटामा निर्माण भैरहेको खानेपानी आयोनजाको काम ठेकेदारले ढिलाई गर्दा उपभोक्तहरु खनेपानीबाट बन्चित हुनु परेको छ ।
रिपोटर्स क्लब नेपाल चन्द्रौटा शाखाले अयोजना गरेको साक्षत्कार कार्यक्रममा करिव १४ करोड ३७ लाखको लागतमा निर्माधीन अवश्थामा रहेको आयोजना समयमै नसकिदा समस्या सिर्जना भएको उपभोतmा समितिका अध्यक्ष तौफिक खानले वताउनुभएको छ । 
कुल लागतको ५ प्रतिशत रमक उपभोतmवाट खर्च भएको आयोजनाको काम कहिले सकिन्छ भनेर उपभोतmाले आफुलाई सोध्ने गरेको खांनले वताउनुभयो । निर्माण पक्षलाई पटक पटक काम समपन्न गर्न अनुरोध गरेपनि निश्चित समयमा काम नसकिने भएपछि दुख लागेको वताउनुभयो । ठेकेदार पक्षले समयमा निर्माण सम्पन्न नगर्दा चन्द्रौटावासीहरु खानेपानीबाट बन्चित भएका हुन ।
तेस्रो साना सहरी खानेपानि तथा सरसफाई आयोजनाद्धारा संचालीत कार्यान्यवन ईकाई चन्द्रौटाले समयमै काम नसकेपछि चन्द्रौटा वासि पानि पिउनवाट वन्चित भएका हुन । निर्माण पक्षले आंउदो वैशाख भित्र काम सकने सम्झौता भएपनि काममा भएको ढिलाईले आयोजनाको काम गर्न नसकिने भएको छ । 

तोकिएकै समयमा पानि उपल्वध गराउन माग गरिरहेका उपभोतmाको गुनासो पछि रिपोटर्स कल्व नेपाल चन्द्रौटा शाखाले आज गरेको साक्षत्कार कार्यक्रममा वोल्दै आयोजनाका व्यस्थापक विक्रम  काशिछवाले वैशाख भित्र पानि खुवाउन नसकने वताउनुभएको छ । काशिछवाले असोज भित्र कुनै पनि हालतमा काम सकेर उपभोतmाको घर घरमा पानि पुयाउने वताउनुभएको हो । गत वर्षको मधेस वन्दले सम्वन्धीत निकायवाट समयमा सामान ल्याउन नसक्दा काम प्रभावित भएको वताउनुभयो ।
 
रिपोर्टस कल्वको साक्षत्कार कार्यक्रममा परामर्शदाता भरत पौडेलले विल्डीङको काम ९८ प्रतिसत , ओभरहेडको काम ९८ प्रतिशत , टविल निर्माणको काम ९८ प्रतिशत गार्ड हाउस निर्माणको काम ९८ प्रतिशत र पाईप लाईनको काम ६५ प्रतिशत सकिएको वताउनुभएको छ । शिवराज नगरपालीकाले वाटो निर्माणको वेला विछाएको पाईप काटिदिएकोले थप समस्या भएको पौडेललेको भनाई छ । काटिएको पाईप नगरपालीका वा आयोजना कसले मर्मत गर्ने भन्ने विषयमा पनि विवाद भएको परामर्शदाता पौडेलले वताउनुभयो । यता आयोजनाका ईन्जीनियर आयुष भुसालले काम छिटो सक्ने तर्फ आफुहरु लागेको वताउनुभयो । 
नेपाल सरकारवाट ७० प्रतिशत रकम , एडिवी वाट २५ प्रतिशत त्रटण र उपभोतmावाट ५ प्रतिसत रकम वाट  सन २०१५ जुलाई ८ तारिख सम्झौता भएको आयोजनाको काम जुलाई २२ ,२०१५ देखि सुरु भएको थियो । जनवरी ०७ ,२०१७ भित्र काम सकने लक्षय लिएको आयोजनाको काम नसकिएपछि ३ महिना म्याद थप गरिएको थियो । फेरि थपिएको म्यादमा पनि काम पुरा नहुने निश्चित भएपछि थप काम सकिन अझै पांच महिना लाग्ने निर्माण पक्षले वताएको छ । 
 

<