खोटाङ सदरमुकाम दिक्तेल सुनसान बन्दै 

व्यापार व्यवसायमा कमी आयपछि खोटाङ सदरमुकाम दिक्त्तेल सुनसान बन्दै गएको छ ।
खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले दिक्तेलको व्यापार चौपट बन्दै गएको बताए । उनका अनुसार समग्रमा ५० प्रतिशत व्यापार घटेको छ । होटल व्यवसायी संघ खोटाङका संयोजक समुद्रप्रसाद जोशीका अनुसार होटलमा ५० प्रतिशत घटेको छ ।
सरकारी कार्यालयहरू गाउँ र नगर पालिकामा स्थापना हुनु, सरकारी तथा गैरसरकारी कार्यक्रमहरू पालिकामै केन्द्रित हुनु, मान्छेको आवतजावत घट्नु लगायतका कारण होटलको व्यापार ५० प्रतिशत घटेको जोशीले सुनाए । अन्य साना होटलहरूको अवस्था झनै जटिल बनेको जोशीले बताए । 
खुद्रा तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा पनि ठूलो गिरावट आएको छ । खुद्रा तथा दैनिक उपभोग्य वस्तुका संयोजक राजन आचार्यका अनुसार ५० प्रतिशत व्यापार घटेको छ । पालिकाहरूमा खुद्रा तथा होलसेल पसल सञ्चालन हुनुका साथै कामकाजका लागि दिक्तेल आउनेहरू नै घटेकाले आििर्थक कारोबार हुन नसकेको आचार्यले बताए ।
 

प्रतिकृया दिनुहोस

खोटाङ सदरमुकाम दिक्तेल सुनसान बन्दै 

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर

खोटाङ सदरमुकाम दिक्तेल सुनसान बन्दै 

सरकारले दशैं तिहारमा सस्तो सामान बिक्री–वितरण गर्न विभिन्न स्थानमा सुपथ मूल्य पसल चलाउने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार आगामी असोज १२ बाट

खोटाङ सदरमुकाम दिक्तेल सुनसान बन्दै 

पूर्वको व्यापार घाटा साढे २ खर्ब नाघेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७४र७५ मा पूर्वको