ऋषिपञ्चमी आज , आजैबाट हिन्दु नारीहरुको पर्व तीज सकीदै

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज सप्तर्षिको  पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् ।
आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । 
स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आजैबाट हिन्दु नारीहरुको पर्व तीज पनि विधिवत सकिन्छ ।
 

प्रतिकृया दिनुहोस

ऋषिपञ्चमी आज , आजैबाट हिन्दु नारीहरुको पर्व तीज सकीदै

प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ८ महिनाको अवधिमा बलात्कारका १०१ घटना भएका छन् । गत जनवरीदेखि अगस्टसम्मको प्रहरी तथ्यांकमा बलात्कारका १०१ घटना भएको

ऋषिपञ्चमी आज , आजैबाट हिन्दु नारीहरुको पर्व तीज सकीदै

संविधान दिवशको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरेर हर्षउल्लाहसका साथ मनाइएको छ । इटहरीमा बिहान र्या्लि निकालेर संविधान दिवस मनाइएको छ ।

ऋषिपञ्चमी आज , आजैबाट हिन्दु नारीहरुको पर्व तीज सकीदै

मोरङको मिक्लाजुङ गउँपालिकाको मनकामना आधारभुत विद्यालयलाई सिलिङ पंखा र शैक्षिक तथा खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ । गर्मीयामको समयमा