प्रदेश नं १ को न्वारन चाँडै हुने 

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुङ्गिने बताउनुभएको छ । झापाको गौरादहमा हिजो पत्रकारसँग कुरा गर्दै मन्त्री कार्कीले प्रदेशले चाँडै नाम र राजधानीको स्थान पाउने बताउनुभयो । प्रदेशको नामका लागि कोशी, सगरमाथा, किरात,  लिम्बुवान्लगायत नाम प्रस्तावित भएकाले नाम छनोट गरी निर्णयमा पुग्न प्रदेश सरकार लागिपरेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले विराटनगर, गोठगाउँ, धरान, धनकुटा, इटहरीलगायतका नाम प्रस्तावित भएकाले राजधानीको टुङ्गो पनि चाँडै लगाउने बताउनुभयो ।
मन्त्री कार्कीले विपत् व्यवस्थापन, शान्तिसुरक्षा, सञ्चारको क्षेत्रमा स्पष्ट कानून नबनेका कारण केही चुनौती रहेको बताउनुभयो । 
प्रदेश नम्बर १ लाई पहिचानको आधारमा लिम्बुवान, किराँत नामाकरण हुनुपर्ने भन्दै लामो समय देखि पहिचानवादी संस्थाहरुले आन्दोलन चर्काईरहेका छन् । अहिले पनि अरुण पुर्वका ९ जिल्ला लिम्बुवान प्रदेश बनाउनु पर्ने माग सहित लिम्बुवान संस्था आन्दोलनमा छन् । यसै बिच लिम्बुवान राज्यको माग गर्दै आयोजना गरिएको किरात याक्थुङ चुम्लुङको लिम्बुवान प्रदेश समितीको प्रथम अधिवेसनमा अर्थमन्त्री आङबोले पहिचान र ऐतिहासिकताको आधारमा किराँत प्रदेश नै उपयुक्त हुने दाबी गरे ।
 

प्रतिकृया दिनुहोस

प्रदेश नं १ को न्वारन चाँडै हुने 

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

प्रदेश नं १ को न्वारन चाँडै हुने 

गत बर्ष आजकै दिन तत्कालिन सरकारले प्रदेश नम्वर १को अस्थायी मुकाम धनकुटामा नराख्ने निर्णय गरी अन्यतै तोक्ने निर्णय गरी धनकुटालाई ठूलो अन्याय गरेको

प्रदेश नं १ को न्वारन चाँडै हुने 

प्रदेश नं १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । आज विराटनगरमा प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थायी राजधानी र