भूमध्य सागर डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु

लिबियाको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु भएको छ । इटली जाँदै गरेका उनीहरु भूमध्य सागरको बीचमा पुगेपछि रबरको डुंगामा हाम फालेका थिए । अवैधानिक रुपमा इटली प्रवेश गर्न रबरको डुंगामा चढेर जाँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् ।
आप्रवासीहरुलाई इटली प्रवेशमा रोक लगाइपछि उनीहरु अवैधानिक रुपमा प्रवेश गर्न खोज्दै थिए । यही सेप्टेम्बर १ मा दुईवटा रबरको डुंगामा उनीहरु बाहिर निस्किएका थिए । तीमध्ये एउटा डुंगा डुबेको हो । दुर्घटनाबाट बचेका २७६ जनालाई लिबियाई शहर खोम्स लगिएको छ । तर कतिपयले भने यी मानिसहरुलाई मनोमानी ढंगले हिरासतमा लिइएको जनाएका छन् ।
अन्तर्रा्ष्ट्रिय प्रवासी संगठनका अनुसार यस वर्ष भूमध्य सागर पार गर्न खोज्दा १ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

भूमध्य सागर डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु

फिलिपिन्समा शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

भूमध्य सागर डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु

अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा ५ जनाको मृत्यु भएको छ । आँधीका कारण त्यहाँका ६ लाख घरमा

भूमध्य सागर डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसको कडा आलोचना गरेका छन् । काङ्ग्रेसप्रति बिहिबार निकै आक्रामक देखिएका