पूर्वको व्यापार घाटा बढ्दो 

पूर्वको व्यापार घाटा साढे २ खर्ब नाघेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७४र७५ मा पूर्वको व्यापार घाटा २ खर्ब ५२ अर्ब पुगेको छ । पूर्वमा  निर्यातको तुलनामा आयात ह्वात्तै बढ्दा व्यापार घाटा चुलिएको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र विराटनगरका प्रमुख कृष्ण रेग्मीले बताए । 
आर्थिक वर्ष ०७४र७५मा पूर्वका नाकाबाट  २ खर्ब ८३ अर्ब ४३ करोड रुपैयाँका बस्तु आयात भएका छन । अघिल्लो वर्ष १ खर्ब ४७ अर्बको बस्तु तथा सेवा आयात भएको थियो । यो वर्ष  आयातको तुलनामा न्यूनमात्रै निर्यात बढेको छ । आर्थिक वर्ष ०७३र७४को तुलनामा ०७४र७५मा ९३ प्रतिशतले आयात वढेको छ भने १६ प्रतिशतले मात्रै निर्यात बढेको छ । 
अघिल्लो वर्ष २६ अर्ब २९ करोड रुपैयाँको निर्यात भएकोमा आर्थिक वर्ष ०७४र७५मा झिनो मात्रामा बढेर ३० अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । कृषिजन्य बस्तुमा पूर्वाञ्चल परनिर्भर बन्दैगएकाले पनि व्यापार घाटा बढाउन मद्धत गरेको रेग्मीले बताए ।
 

प्रतिकृया दिनुहोस

पूर्वको व्यापार घाटा बढ्दो 

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर

पूर्वको व्यापार घाटा बढ्दो 

सरकारले दशैं तिहारमा सस्तो सामान बिक्री–वितरण गर्न विभिन्न स्थानमा सुपथ मूल्य पसल चलाउने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार आगामी असोज १२ बाट

पूर्वको व्यापार घाटा बढ्दो 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा तीन गुणा बढीको आवेदन परेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री प्रबन्धक