मनोरञ्जन

युनिक डान्स सेन्टरको पाचौ वार्षिकोत्सवमा नृत्य प्रयोगिता सम्पन्न


इटहरीस्थित युनिक डान्स सेन्टरले आफ्नो स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसर पारेर नृत्य प्रयोगिता सम्पन्न गरेको छ ।
सुनसरीका विभिन्न ठाँउका २६ जना प्रतियोगीहरुको सहभागिता रहेको प्रतियोगितामा युनिक डान्स सेन्टरकी अनिता लिम्बुले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् भने , नागी डान्स सेन्टरकी कृती कट्वाल द्धितीय  र युनिभर्सल डान्स सेन्टरकी वर्षा फुयलले  तेस्रो स्थान प्राप्त गरेका छन् । 
प्रतियोगितामा प्रथम हुने लिम्वुलाई नगद पाँच हजार ,शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ भने  द्धितीय र तृतिय हुनेलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको युनिक डान्स सेन्टरका प्रशिक्षक विबेक लिम्वुले वताउनुभयो । युनिक डान्स सेन्टरले आफनो स्थापना दिवसका दिन पारेर हरेक वर्ष प्रतियोगितात्मक नृत्यकला कार्यक्रम आयोजना गर्ने गरेको डान्स सेन्टरका संचालक सुदिन तामागंले जनाकारी दिए ।। 

<