रुसद्वारा सैन्य अभ्यास सुरु

रुसले शीतयुद्धपछि कै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । पूर्वी सर्वियामा भैरहेको सैन्य अभ्यासमा करिब ३ लाख सैनिक सहभागि छन् । सेप्टम्बर १७ सम्म चल्ने अभ्यासमा भाग लिने सेनाको यो संख्या दोस्रो विश्वमा परिचालित सेनाको संख्याको हाराहारीको मानिएको छ ।
यसमा ३६ हजार ट्यांक, हजारभन्दा बढी विमान, बख्तरबन्द गाडीलगायत प्रयोग गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ । भोस्टोक–२०१८ नाम दिइएको अभ्यास सेनाको पाँच वटा अभ्यासस्थलमा फैलिएको छ भने चार वटा एअर वेशको उपयोग गरिने छ । चीनले बख्तरबन्द गाडी र विमानसहित आफ्ना ३२ सय सेना पठाएको छ भने मंगोलियाले पनि केही सैनिक पठाउँदैछ । रुसले शीत युद्धताका यस्तै तहको सैन्य अभ्यास गरेको थियो तर अहिलेको अभ्यासमा सहभागी सेनाको संख्या भने बढी रहेको छ ।
 

प्रतिकृया दिनुहोस

रुसद्वारा सैन्य अभ्यास सुरु

फिलिपिन्समा शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

रुसद्वारा सैन्य अभ्यास सुरु

अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा ५ जनाको मृत्यु भएको छ । आँधीका कारण त्यहाँका ६ लाख घरमा

रुसद्वारा सैन्य अभ्यास सुरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसको कडा आलोचना गरेका छन् । काङ्ग्रेसप्रति बिहिबार निकै आक्रामक देखिएका