माथिल्लो तामाकोशीको साधारण शेयरमा तीन गुणा बढी आवेदन 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा तीन गुणा बढीको आवेदन परेको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कमा तीन गुणा बढी आवेदन परेको हो । थप विवरण भने बिक्री प्रबन्धकले केही दिनमा उपलब्ध गराउने छ । 
करीब दुई लाख दोलखावासीले आयोजनाको साधारण शेयरमा आवेदन गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । स्थानीयले रु एक अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउने छन् । त्यो स्थानीयवासीलाई छुट्याइएको दश प्रतिशत बराबरको साधारण शेयर हो । 
यस्तै आयोजनाले आम नेपालीलाई कुल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो अनुपातमा सर्वसाधारणले रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिनेछ ।

प्रतिकृया दिनुहोस

माथिल्लो तामाकोशीको साधारण शेयरमा तीन गुणा बढी आवेदन 

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर

माथिल्लो तामाकोशीको साधारण शेयरमा तीन गुणा बढी आवेदन 

सरकारले दशैं तिहारमा सस्तो सामान बिक्री–वितरण गर्न विभिन्न स्थानमा सुपथ मूल्य पसल चलाउने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार आगामी असोज १२ बाट

माथिल्लो तामाकोशीको साधारण शेयरमा तीन गुणा बढी आवेदन 

पूर्वको व्यापार घाटा साढे २ खर्ब नाघेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७४र७५ मा पूर्वको