प्रदेश १ मा राधाकृष्ण रथयात्राको दिन सार्वजनिक विदा

राधाकृष्ण रथयात्राको अवसरमा प्रदेश १ सरकारले प्रदेशभर सार्वजनिक विदा दिने भएको छ । श्री कृष्ण जन्म अष्ठमीको भोलीपल्ट विराटनगरमा निकालिदै आएको रथयात्रालाई भव्य बनाउन विदा दिने भएको हो ।
समितिका अध्यक्ष बाबुराजा ओझाले रथयात्राको रुटसमेत तय गरिएको छ । साविकको मेनरोड हुँदै महेन्द्र चौक, धरानरोड, वरगाछी हुँदै सात किलो मिटरको यात्रा पुरा गरी पुनः मन्दिर परिषरमा रथयात्रा विसर्जन हुने ओझाले जनाए । 
रथको लम्बाई २२ फिट चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाईका दाया बाँयापट्टि फैलिएका लठ्ठा डोरी रहेको छ ।
त्यसैगरी रथयात्रामा पहिलो पटक रथयात्रा स्वर्ण महोत्सवको मुख्य आकर्षण घोडाको प्रयोग गरी तानिने बग्गीको ब्यवस्था मिलाइएको छ । अघिल्लो बर्षजस्तै रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्प गुच्छा बर्षाइने छ ।
प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले रथको पहिलो पटक उद्घाटन गर्ने भएका छन् । रथयात्राको अवलोकन गर्न नेपाल भारतका ५ लाख बढी मानिस विराटनगर आउने आयोजकले अपेक्षा गरेको छ ।
 

प्रतिकृया दिनुहोस

प्रदेश १ मा राधाकृष्ण रथयात्राको दिन सार्वजनिक विदा

प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ८ महिनाको अवधिमा बलात्कारका १०१ घटना भएका छन् । गत जनवरीदेखि अगस्टसम्मको प्रहरी तथ्यांकमा बलात्कारका १०१ घटना भएको

प्रदेश १ मा राधाकृष्ण रथयात्राको दिन सार्वजनिक विदा

संविधान दिवशको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरेर हर्षउल्लाहसका साथ मनाइएको छ । इटहरीमा बिहान र्या्लि निकालेर संविधान दिवस मनाइएको छ ।

प्रदेश १ मा राधाकृष्ण रथयात्राको दिन सार्वजनिक विदा

मोरङको मिक्लाजुङ गउँपालिकाको मनकामना आधारभुत विद्यालयलाई सिलिङ पंखा र शैक्षिक तथा खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ । गर्मीयामको समयमा