तामाकोसी आयोजनाको लागत दोब्बर पुग्ने 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तामाकोसी जलविद्युत् आयोजनाको लागत ७० अर्ब रुपैयाँ पुग्ने बताएका छन् । ३५ अर्बको लागत अनुमान गरिएको तामाकोसी आयोजना निर्माणमा ढिलाइ हुँदा ब्याजमात्रै दैनिक एक करोड बढ्ने उनको भनाइ छ ।
विद्युत् प्राधिकरण पूर्वकर्मचारी समाजले शनिबार राजधानीमा गरेको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले आयोजनाका लागि लिएको रकमको ब्याजमात्रै १८ देखि २० अर्ब रुपैयाँ पुग्ने बताए । भूकम्पका कारण आयोजना निर्माणमा ढिलाइ भएपनि आयोजनाको वित्तीय व्यवस्थापनका कारण पनि लागत बढ्ने उनको भनाइ छ ।
उनले सान्जेन, रसुवागढी र भोटेकोसी जलविद्युत् आयोजना ढिलाइ भएपनि लागत भने नबढ्ने बताए । यी आयोजना बढीमा डेढ वर्षमा सम्पन्न हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

तामाकोसी आयोजनाको लागत दोब्बर पुग्ने 

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर

तामाकोसी आयोजनाको लागत दोब्बर पुग्ने 

सरकारले दशैं तिहारमा सस्तो सामान बिक्री–वितरण गर्न विभिन्न स्थानमा सुपथ मूल्य पसल चलाउने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार आगामी असोज १२ बाट

तामाकोसी आयोजनाको लागत दोब्बर पुग्ने 

पूर्वको व्यापार घाटा साढे २ खर्ब नाघेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७४र७५ मा पूर्वको