आर्थिक

धितोपत्र कारोवार छ वटा सहरमा कारोबार सुरु


इटहरी । धितो पत्र दलाल व्यवसायीहरुले आइतवार देखि पुर्वको विराटनगर लगायतका मुलुकका प्रमुख छ वटा सहरबाट कारोवार सुरु गरेको छ ।
   धितोपत्रको कारोवार गर्दै आएका दलालहरुले पुर्व विराटनगर ,विर्तामोडका साथै नेपालगंज ,बुटवल ,नारायणगण र बनेपाबाट कारोवार सुरु गरेको स्टोक ब्रोकर एशोसिएसन नेपालले जानकारी दिएको हो ।
   यस अघिपनि ९ वटा कम्पनीले शाखा संचालन गरी उपत्यका बाहिरका सहरहरुमा कारोवार गर्दै आएको समेत स्टोक ब्रोकर एशोसिएसन नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसै गरी आशयपत्र प्राप्त गरी सकेका केही कम्पनीहरुले पुर्वाधार तयार पार्ने काम समेत गर्दै आएको उल्लेख गरिएको छ । मुलुकका अन्य शहरहरुबाट समेत निकट भविष्यमा कारोवार हुने तयारमा रहेको जनाउदै शाखाहरु संचालनमा आएपछि मोफसलमा समेत छरिएका पुजिंहरु परिचालन भै राष्टलाई सवल बनाउन कोषेढुगां सावित हुने विश्वास गरिएको छ । आफनै सहरका धितोपत्रको कारोवार गर्न पाउँदा लगानिकर्ताहरु समेत उत्साहित बन्ने अनुमान गरिएको छ । नेपालमा अहिले ५० वटा धितोपत्र दलाल व्यवसायीहरु कार्यरत रहकेो एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मीद्धार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

<