ओली र मोदी वार्तामा काठमाडौं–वीरगञ्ज रेलवे लाइनको सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने

प्रधानमन्त्री केपी ओलीले बिमस्टेक सम्मेलनमा भाग लिने आउने भारतीय समकक्षी नरेन्द्र मोदीसँग १५ भदौमा द्विपक्षीय वार्ता गर्ने तय भएको छ । वार्तामा काठमाडौं–वीरगञ्ज रेलवे लाइनको सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा एक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, पाँच वर्षमा रेलवे लाइन निर्माण सम्पन्न गर्ने र सम्पूर्ण लगानी भारतले गर्ने सहमति भएको थियो । मोदीको नेपाल भ्रमणका वेला यसबारे छलफल भए पनि समझदारीपत्रमा हस्ताक्षर भएको थिएन । ‘यसपटक सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका छन ।
ज्ञवालीका अनुसार भारतबाट रक्सौलसम्म बल्क कार्गोसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम छ । मोदीले भारतका तर्फबाट निर्मित पशुपतिनाथ धर्मशाला हस्तान्तरण गर्नेछन । भने श्रीलंकाका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले १६ भदौमा औपचारिक वार्ता गर्ने कार्यक्रम छ ।
 

प्रतिकृया दिनुहोस

ओली र मोदी वार्तामा काठमाडौं–वीरगञ्ज रेलवे लाइनको सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने

नेपाली कांग्रेसले सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गरेको छ । कांग्रेस विधान मस्यौदा समितिले पार्टी पदाधिकारीसहित केन्द्रीय समितिको

ओली र मोदी वार्तामा काठमाडौं–वीरगञ्ज रेलवे लाइनको सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् । जननायक बीपी कोइरालाको १०५औं जयन्तीका

ओली र मोदी वार्तामा काठमाडौं–वीरगञ्ज रेलवे लाइनको सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने

 नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यमा विशिष्ट योगदान पुर्‍याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०५ औं