रामधुनीलाई रामायण परिपथमा जोड्न पहल

भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई रामायण परिपथ मा जोड्ने अवधारणा ल्याएसँगै सुनसरीको रामधुनीलाई त्यसमा समेत समावेश गर्न रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले पहल गर्न थालेको छ । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थललाई एउटै मार्गले जोड्न भारतले उक्त परिपथको अवधारणा ल्याएकामा गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउनुभएका बखत त्यसमा जनकपुरलाई जोडिने घोषणा गरिए पनि रामधुनीबारे उल्लेख गरिएको थिएन ।

उक्त परिपथमा रामधुनीलाई पनि समावेश पर्नुपर्ने विभिन्न आधारसहित मन्दिर व्यस्थापन समितिका अध्यक्ष डिल्ली कार्की नेतृत्वको टोली भारतको उत्तर प्रदेशको राजधानी लखनऊ पुगी मुख्यमन्त्री आदित्यनाथलाई ज्ञापनपत्र बुझाउनुका साथै काठमाडाँैस्थित भारतीय दूतावास, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलाई पनि जानकारी गराइसको छ ।

गत भदौको पहिलो साता उत्तर प्रदेश पुगेर रामधुनीको इतिहासका साथै त्रेता युगमा बालिएको धुनी अझै बलिरहेको भन्ने सुनाउँदा मुख्यमन्त्री आश्चर्यमा पर्नुभएको कार्कीले बताउनुभयो । नेपाल सरकारबाट रामधुनीलाई पनि उक्त परिपथमा समावेश गर्नुपर्ने भन्ने पत्र पाए गर्न सकिने मुख्यमन्त्री आदित्यले जवाफ दिनुभएको अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस