स्थानीय समाचार

आदिवासी जनजातीले इटहरीमा मानव साङ्ग्लो विरोध

इटहरी  । आदिवासी जनजाती महासङ्घ सुनसरीले गाउँपालिका तथा नगरपालिका र उपमहानगरपालिकाको नामाकरण गरिदा आदिवासी जनजातीको पहिचान मेटाउन पाईदैन भन्दै सुनसरीको इटहरी चोकमा मानव साङ्ग्लो बनाएर घेरा लगाउँर्दै एकघण्टा चक्का जाम गरेका छन् ।
      आदिवासी जनजातीहरुको संघन्ता टुक्राउन पाईदैन लगायतका विभिन्न नाराहरु लेखिएको प्लेकार्ड तथा ब्यानर बोकेर आदिवासी जनजाती महासङ्घमा आवद्ध सम्पूर्ण जातजातीले आ आफ्नो भेषभूषा सहित उक्त मानव साङ्ग्लो  विरोध कार्यक्रममा  सहभागिता भएका थिए ।
      इटहरी उपमहानगरपालिकाको प्राँगणमा भेला भई नारा जुलुश लगाउँदै इटहरी बजार परिक्रमा गरीे मुख्य चोकमा घेरा लगाएका आदिवासी जानजाती महाँसङ्घमा आवद्ध महिला तथा पुरुषहरु र बालबालिकाहरु समेत जातीय भेषभूषामा सजियका झण्डा सहित अभियानमा सहभागी भएका थिए ।
      विरोध अभियानमा संविधानमा सवै जातजातीहरुलाई राज्यको हरेक निकायमा समान सहभागिता हुनु पर्ने तथा आदिवासी जनजाती महासङ्घले पहिचानका लागि उठाउँदै आएको मुद्दाहरुलाई सरकारले सम्मान गर्नु पर्ने विषयलाई पनि विशेष जोड दिईएको पाइएको छ ।
      विरोध कार्यक्रममा आदिवासी जनजाती महासङ्घ सुनसरी सभापति राम राई नगर सभापतिहरु धरानका चित्रमान थापामगर विक्रम लिम्वु राजकुमार चौधरी  लगायतले आन्दोलनको औचित्यका विषयमा बोलेका थिए ।

<