नेपालको सानदार जीत ः भुटान ४ गोलअन्तरले पराजीत 

बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले ४–० को फराकिलो जित दर्ता गरेको छ।
बङ्गबन्धु रङ्गशालामा भएको खेलमा नेपालले १५ औँ मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै खाता खोलेको थियो । पहिलो गोल अनन्त तामाङले हेडमार्फत गरेका थिए ।
त्यस्तै, खेलको ७१ औँ मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल गरे । नेपालले पाएको पेनाल्टीलाई भुटानका गोलकिपरले रोकेपछि फर्किएको बललाई सदुपयोग गर्दै सुनिलले गोल गरेका हुन् ।
खेलको तेस्रो अग्रता फर्वाड भरत खवासले दिलाएका थिए । खेलको ७८ औँ मिनेटमा खवासले तेस्रो गोल गरेका हुन् । यस्तै खेलको चौथो गोल निराजन खड्काले गरेका थिए । उनले ८८ औँ मिनेटमा गोल गर्दै फराकिलो अन्तरसहित जित सुनिश्चित बनाएका हुन् ।
सेमिफाइनल पुग्न जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएको नेपाली खेलाडीले सानदार जित हासिल गरेको छ ।

प्रतिकृया दिनुहोस

नेपालको सानदार जीत ः भुटान ४ गोलअन्तरले पराजीत 

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज नेपाली समयअनुसार दिउँसो पौने ४ वजे भुटानसँग प्रतिस्प्रधा गर्ने छ ।

नेपालको सानदार जीत ः भुटान ४ गोलअन्तरले पराजीत 

तेस्रो संस्करणको पाथीभरा गोल्डकपको उपाधी झापाको रेड स्टार क्लबले चुमेको छ । झापाकै न्यु स्टार क्लबलाई २–१ गोल अन्तरले हराउँदै रेडस्टारले उपाधी

नेपालको सानदार जीत ः भुटान ४ गोलअन्तरले पराजीत 

एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो । वर्षाका कारण ३० ओभरमा