स्थानीय समाचार

हात्तीपाईले रोग विरुद्धको औषधि वितरणका लागि अभियान


इटहरी । सुनसरीमा ७ लाख ७० हजार २७ जनालाई  हात्ती पाईले रोग विरुद्धको  औषधि वितरण गरिने भएको छ ।
      जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी  आगामी  १७ देखि  तिन दिन सम्म  हात्तीपाईले रोग विरुद्धको औषधि वितरणका लागि  अभियान चलाईने  भएको   जानकारी  गराएको हो ।
      जिल्लाको कुल जनसङ्ख्या ८ लाख १९ हजार ५सय ९१ मध्ये बालबालिका गर्भवती र ७० बर्षमाथिका उमेर समुहका बाहेक  ७ लाख ७० हजार २७ जनामा हात्ती पाईले रोग विरुद्धको औषधि  वितरण गर्न लागिएको  जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्दराज गौतमले जानकारी दिएका हुन   ।
     दुई उपमहानगरपालिका ४ नगरपालिका र ६ गाउँपालिकामा बसोवास गर्ने सबैलाई  सर्वशुलभ ढङ्गले हात्ती पाईले विरुद्धको औषधि उपलब्ध गराउनका लागि ३ हजार ५ सय २५ जना स्वास्थ्यकर्मी एवम स्वास्थ्य स्वयम सेविकाहरु परिचालित गरिने भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
  जिल्लामा कतिजनामा हाल सम्म हात्ती सम्म देखिएको छ वा कतिजना हात्ती पाइलेको उपचार गराईरहेका छन भन्ने विषयमा भने स्वास्थ्य कार्यालयसंग कुनै तथ्यांकन रहेको छैन । पत्रकार सम्मेलनमा आफुहरुले लक्षित वर्गलाई रोग लाग्न नदिने अभियान अन्र्तगतको औषधि उपलव्ध गराउने बाहेक आफुहरुसंग जिल्लामा हात्ती पाइले समस्या भएका कति छन भन्ने तथ्याकं नभएको स्वास्थ्य प्रमुख गौतमले गैरजिम्मेवारी जवाफ दिए ।
     पत्रकार सम्मेलनमा जिल्ला अस्पतालका  डा. सुवास बस्नेतले हात्ती पाईले रोगको सङ्क्रमण र त्यसबाट बच्न सकिने उपाय तथा यस प्रकारको रोग लाग्नबाट जोगिनका लागि अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी गराए भने डा. प्रेमकुमार दासले हात्ती पाईले रोग विरुद्धको औषधि वितरणको ६ बर्षे अभियानका क्रममा अहिले अन्तिम बर्षको अभियान चलिरहेको बताए ।

<