लाङटाङ हाइड्रोपावरका लागि ४ बैंकले लगानी गर्ने

आरएम ग्रुपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्टले रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा निर्माण गर्न लागेको लाङटाङ हाइड्रोपावरका लागि लगानी जुटेको छ । 
राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । २० मेगावाट क्षमताको  उक्त आयोजनाका लागि सनराइज बैंककोअगुवाइमा चारवटा बैंकले लगानी गर्ने भएका छन् । सहायक लगानीकर्ता बैंकमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र जनता बैंक छन् ।
कार्यक्रममा मल्टी इनर्जी डेभलपमेन्ट का अध्यक्ष कृष्ण आचार्य र नेतृत्वकर्ता सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बजाचार्यले सम्झौता पत्र आदानप्रदान गरे । आयोजनाको कूल लगानी चार अर्ब पाँच करोड प्रक्षेपण गरिएकोमा शेयरधनीहरुबाट १ अर्ब ३२ करोर बैंकहरुले २ अर्ब ७३ करोड ४० लाख लगानी गर्ने मल्टी इनर्जीका अध्यक्ष आचार्यले जानकारी दिए ।
सम्झौताअनुसार लगानीको अगुवाई गरेको सनराइज बैंकले १ अर्ब २ करोड ५२ लाख, सिद्धार्थ बैंकले ७६ करोड ९० लाख,  एनसिसी बैंकले ५२ करोड २३ लाख र जनता बैंकले ४२ करोड ७३ लाख रुपैयाँ ऋण उपलब्ध गराउनेछन् ।
 

प्रतिकृया दिनुहोस

लाङटाङ हाइड्रोपावरका लागि ४ बैंकले लगानी गर्ने

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर

लाङटाङ हाइड्रोपावरका लागि ४ बैंकले लगानी गर्ने

सरकारले दशैं तिहारमा सस्तो सामान बिक्री–वितरण गर्न विभिन्न स्थानमा सुपथ मूल्य पसल चलाउने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार आगामी असोज १२ बाट

लाङटाङ हाइड्रोपावरका लागि ४ बैंकले लगानी गर्ने

पूर्वको व्यापार घाटा साढे २ खर्ब नाघेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७४र७५ मा पूर्वको