मनोरञ्जन

​‘टाइगर जिन्दा हे’ को तीन दिनको कमाइ सय करोड

१०, पुष 

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘टाइगर जिन्दा हे’ले बलिउड बक्सअफिसमा एक सय करोडको व्यापार गरेको छ । 
रिलिज भएको तीन दिनमा फिल्मले एक सय १० करोड रुपैयाँ भन्दा बढीको व्यापार गरेको हो । पहिलो दिन शुक्रबार ३४ करोड र दोस्रो दिन ३६ करोड रुपैयाँको व्यापार गरेको फिल्मले तेस्रो दिन ४२ करोड भन्दा बढीको व्यापार गर्न सफल भयो । 
बलिउड बक्स अफिसमा यो नयाँ रेकर्ड हो । फिल्मले पाएको सकारात्मक प्रतिक्रिया र सोमबार परेको क्रिसमसले गर्दा फिल्मको व्यापारमा वृद्धि हुने भारतीय सञ्चार माध्यमहरुले अनुमान गरेका छन् । 
सलमान खान र कट्रिना कैफको मुख्य भूमिका रहेको चलचित्रलाई अलि अब्बास जफारले निर्देशन गरेका हुन् । ‘यशराज फिल्मस’को ब्यानरमा निर्माण भएको फिल्ममा आदित्य चोपडाको लगानी रहेको छ ।

<