पूर्ब पश्चिम राजमार्ग इटहरीमा सडक अतिक्रमण हटाउन सुरु

इटहरी उपमहानगरपालिकाले सडक सुशासन कायय राख्ने उद्देश्यले आजवाट आफ्नो उपमहानगरपालिका क्षेत्रमा परेका पूर्व पश्चिम राजमार्ग क्षेत्रको अतिक्रमण एवम अब्यवस्थित पार्किङ्ग क्षेत्र ब्यवस्थापन कार्यको प्रारम्भ गरेको छ ।
भदौको पहिलो सातादेखि नै सडक अमितक्रमण भएका स्थानलाई खाली गर्ने तथा अब्यवस्थिति बजारलाई ब्यवस्थि गर्ने तथा पुराना सवारी साधनहरु सडक आसपासमा जथाभावी राखेर सडक अब्यवस्थित तुल्याउने कार्यको अन्त्य गर्ने उद्देश्यले गठित सर्वपक्षीय समितिको बैठकले दिएको प्रतिवेदन मुताविक उपमहानगरपालिकाले आजबाट सडक अमितक्रमण हटाउन थालेको हो ।
इटहरी उपमहानगरपालिकाले पूर्वपट्टिको सिमा बुढीगङ्गा क्षेत्रबाट सडक अतिक्रमण गरी राखिएको भौतिक पूर्वाधार निर्माण सामग्रीसँगै अन्य अब्यवस्थित थोत्रा सवारी साधन वा सडकमा देखिएको अब्यवस्थित फुटपाथ पसल आदि सवैलाई हटाउन थालेको हो ।
पहिलो चरणमा पूर्व पश्चिम राजमार्गलाई साढे ८२ फुट कायम गरि सकेपछि उक्त अभियान उत्तर दक्षिण कोशी राजमार्ग क्षेत्रमा पनि प्रारम्भ गर्ने उपमहानगरपालिकाले निर्णय गरेको कार्यदलका संयोजक एवम ६ का वडा अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, उप मेयर लक्ष्मी गौतम, प्रमुख प्रशासकीय अधिकृत छवि रिजाल लगायत निर्वा्चित वडा अध्यक्षहरु विभिन्न राजनीतिक दलका प्रतिनिधि नेताहरु कार्यदलका सदस्य लगायत ठूलो सङ्ख्यामा नेपाल प्रहरी शसस्त्र प्रहरी र ट्राफिक प्रहरी सहित उपमहानगरको सुरक्षाकर्मी समेत उक्त कार्यमा परिचालित गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

पूर्ब पश्चिम राजमार्ग इटहरीमा सडक अतिक्रमण हटाउन सुरु

झापाली युवक सुमित पाठकलाई पूर्व क्षेत्रका हजारौँ युवा लागी परेका छन् । नेपाल आइडलको शुक्रवारको एपिसोडबाट सर्वाधीक भोट पाएर टप ४ मा पुगेका सुमित

पूर्ब पश्चिम राजमार्ग इटहरीमा सडक अतिक्रमण हटाउन सुरु

नेपाल आइडलको टप ४ मा पुग्न सफल झापाकी अस्मिता अधिकारीलाई भब्य स्बागत गरीएको छ । चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता

पूर्ब पश्चिम राजमार्ग इटहरीमा सडक अतिक्रमण हटाउन सुरु

१ नं प्रदेशका १४ जिल्लामा  ६ सय ९४ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो विहान ०६ ०० बजे देखि आज  विहान ०६ ०० बजे सम्म १ नं प्रदेश ट्राफिक प्रहरी