स्थानीय समाचार

एसइइ परिक्षा शुक्रवारबाट सम्पन्न

यस बर्षको माध्यमिक विद्यालय परीक्षा शुक्रवार सम्पन्न भएको छ ।
सुनसरी जिल्लामा सञ्चालित परीक्षामा कुल सहभागि हुने १४ हजार ४२ जना विद्यार्थीमध्ये विभिन्न विषयका गरी चार सय विद्यार्थीहरु अनुपस्थित  रहेको पाईएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ ।
माध्यमिक विद्यालय परीक्षामा सहभागि हुने भनिएका कुल विद्यार्थीहरुमध्ये सुनसरी मोरङ्ग र झापा जिल्लाका ७ जना विद्यार्थीहरुले सुनसरीको झुम्कामा रहेको कारागारबाट परीक्षा दिएका थिए । उनीहरुलाई कारागाभित्रबाट नै परीक्षामा सम्लग्न हुने सुविधा प्रदान गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी पीताम्वर गौतमले जानकारी दिए ।
सुनसरी जिल्लामा कुल सहभागि भएका विद्यार्थीहरुमध्ये ५ जना दृष्टिविहिन, ५ जना शारिरीक अपाङ्गता  र १ जना सुस्त मनस्थिति भएका विद्यार्थीहरुले परीक्षामा सहागिता जनाएको पनि गौतमले बताए ।
सुनसरी  जिल्लामा कुल ४६ वटा परीक्षा केन्द्र रहेकामा बकलौरी स्थित श्री आदर्श मा वि. मा महिला केन्द्रादक्ष  शारदा कर्की रहेको पाईएको छ । उक्त परीक्षा केन्द्रमा शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको  निमित्त जिल्ला शिक्षा अधिकारी गौतमले जानकारी दिए । आदर्श मा.वि.मा ५ वाटा विद्यालयका विध्यार्थिहरुको सहभागिता रहेको थियो । परिक्षा सञ्चालन भएको दिन २६० परिक्षार्थिले सहभागिता जनाएको साहायक केन्द्रादक्ष गोपाल श्रेष्ठले जानकारी दिए । रेगुलरमा २२१,एक्जाम्टेट १८ र ग्रेड बृद्धिमा ११ जना परिक्षार्थिले सहभागिता जनाएको केन्द्रादक्ष शारदा कर्कीले बताईन् । एसईई परिक्षा सञ्चालन भएको दिन २६० जना परिक्षर्थिले सहभागिता जनाएकोमा शुक्रवार परिक्षा समापनका दिन २५० जनाको सहभागिता रहेको केन्द्रादक्ष  कार्कीले वताईन् । यसपटकको एसइइ परिक्षा शान्तिपुर्ण ढ्रंगवाट सम्पन्न भएको र सुरक्षाको लगि बक्लौरीमा  ७ जना जनपथ प्रहरी र ७ जना शसस्त्र प्रहरी परिचालन भएको साहायक केन्द्रादक्ष गोपाल श्रेष्ठले बताए ।
सुनसरीमा प्रविधिक विषयको भने चैत्र १४ गते धरानको पब्लिक माविमा सम्पन्न हुने निमित्त जिल्ला शिक्षा अधिकारी पीताम्वर गौतमले जानकारी दिए ।
 

<