काँकडभिट्टादेखि बर्दिवाससम्म रेलमार्ग निर्माण कार्य छिट्टै शुरु हुने 

अर्थमन्त्री डा युवराज खतिवडाले तराई–मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सप्तरीको राजविराजमा उद्योग वाणिज्य सङ्घ सप्तरीद्वारा हिजो आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासका लागि तराई मधेशमा हुलाकी सडक निर्माण कार्य जारी रहेको र पूर्व–पश्चिम रेलमार्गसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । 
रेलमार्गसम्बन्धी भारत सरकारसँग कुराकानी भइरहेको बताउँदै काँकडभिट्टादेखि बर्दिवाससम्म रेलमार्ग निर्माण कार्य चाँडै शुरु हुने अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । पूर्वाधार विकासका लागि तराई मधेशमा खर्चेको बजेट सदुपयोग हुनुपर्नेमा उहाँको जोड थियो । 
कार्यक्रममा आन्तरिक राजश्व विभागका सचिव शिशिरकुमार ढुङ्गानाले कुनोली भन्सार र छोटी भन्सार कार्यालय तथा तराई मधेशमा रहेको भन्सार कार्यालयको स्तरोन्नतिका लागि गृहकार्य भइरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

काँकडभिट्टादेखि बर्दिवाससम्म रेलमार्ग निर्माण कार्य छिट्टै शुरु हुने 

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर

काँकडभिट्टादेखि बर्दिवाससम्म रेलमार्ग निर्माण कार्य छिट्टै शुरु हुने 

सरकारले दशैं तिहारमा सस्तो सामान बिक्री–वितरण गर्न विभिन्न स्थानमा सुपथ मूल्य पसल चलाउने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार आगामी असोज १२ बाट

काँकडभिट्टादेखि बर्दिवाससम्म रेलमार्ग निर्माण कार्य छिट्टै शुरु हुने 

पूर्वको व्यापार घाटा साढे २ खर्ब नाघेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७४र७५ मा पूर्वको